एल. बी. पुनको अति सुन्दर सङ्गीत संयोजनमा बनाएको सालैजो गीत सार्वजनिक

स्याङ्जा जिल्ला, भिर्कोट नगरपालिका वार्ड न. ८ स्थित, सालिकोष गाउँबासीले आफ्नो गाउँको सस्कृति र पहिचान जोगाउनको लागि सालिकोष गाउँ सालजो मौलिक भाकाको चिनारी गीत सृजना गरेर बजारमा सार्वजनिक गरेका छन।

यहि गीतको सङ्गीत संयोजन एल. बी. पुनले अति मीठो सुन्दर साज- सज्जाले गरेका छन् भने मिक्सिङ्ग पनि आफ्नै “पुन डिजिटल स्टुडियो” लामाचौर स्थित पोखरामा गरेका थिए।

यो गीतको शब्द- लय अहिलेको चर्चित सङ्गितकार निर प्रसाद गुरुङ्गले गरेका हुन साथै उनि आफै पनि सालिकोष गाउँको हुनु।

यो गीतलाई चर्चित गायक नरजंग गुरुङ्ग र गायिका तारा श्रीसले अति मीठो कर्णप्रिय स्वर दिएका छन। नायक खेम बहादुर गुरुङ्ग र नायिका शान्ति गुरुङ्ग, संगै नायक गमन घलेलाई कबिता गुरुङ्गले यस गीतको भिडियोमा अभिनयमा साथ दिएका छन।

यस गीतको भिडियोमा नृत्य- निर्देशन कमल गुरुङ्ग, श्रृङ्गार सरोज गुरुङ्ग, सुबास गुरुङ्गले ड्रोन चलाएका छन। त्यस्तै भिडियोमा कलारिस्ट छवि राना मगर, छायांकन गोपी गुरुङ्ग र गङ्गा गुरुङ्गको छ भने यो म्युजिक भिडियोको सम्पादन/ निर्देशन करन गुरुङ्ग (गोरा) ले गरेका छन्।

भिडियो हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मेरी बहिनी चमेलिको ज्यान प्रहरीले लियो,तिहार अनि तीज रहुन जेल म उनलाई भुल्न सक्दिन जसरि पनि न्याय दिलाउछु [भिडियो हेर्नुहोस ]

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा साझाका थप २० बस आउँदै