मेरी बहिनी चमेलिको ज्यान प्रहरीले लियो,तिहार अनि तीज रहुन जेल म उनलाई भुल्न सक्दिन जसरि पनि न्याय दिलाउछु [भिडियो हेर्नुहोस ]

सुवा स्थायी घर भएका कमल बहादुर घले (शंकर) ले आफ्नी बहिनी चमेली घलेको नेपाल प्रहरीका हवल्दार राजेन्द्र तिवारीले हत्या गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै कमल घलेले बहिनीको हत्यामा संलग्न प्रहरी हवल्दार तिवारीलाई तत्काल अनुशन्धान गरि कारबाही गर्नुपर्ने माग गरेका छन् । उनले २०७५ साउन ३ गते तिवारीले आफ्नी बहिनीको हत्या गरेको स्पष्ट पारे ।बहिनीको हत्या भएको विषयलाई लिएर आफूले प्रहरी प्रशासनमा किटानी जाहेरीसमेत दिएको सुनाउँदै उनले अहिलेसम्म उक्त केशमा अदालतले फैसला नगरेकोमा गुनासो पोखे ।

उनले भने,‘तिवारी अहिले पुर्पक्षको लागि थुनामा छ । अदालतले चाँडो भन्दा चाँडो फैसला गरेर सजाय सुनाओस् ।’ आफूले बहिनीलाई २०७५ साउन ३ गते बेलुका अन्दाजी साँढे ७ बजे काठमाडौंको ग्रिनसिटी अस्पतालमा अचेत अवस्थामा भेटेको पनि दाजुले सुनाए । घट्नाको प्रकृति हेर्दा तिवारीले बहिनीको हत्या गरेको भन्नेमा अस्पतालमा उपस्थित् भएका सबैको एकमत रहेको पनि उनले सुनाए । उनले भने,‘पोष्टमार्टम रिपोर्टले पनि मेरो बहिनीको हत्या भएको भन्ने प्रष्ट हुन्छ ।’घट्ना हुनुभन्दा ९ दिन अघि मात्रै चमेलीले काठमाडौंको चावहिलमा रहेको नेपाल नारी चेतनशील संघमा पुगी आफूमाथि डर, धम्की दिएको भन्दै न्यायको लागि याचना गरेको पनि उनले सुनाए । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सल्लाघारीबाट जुवातास खेलिरहेको अवस्थामा छ लाख एक हजारसहित तेह्र जना पक्राउ

एल. बी. पुनको अति सुन्दर सङ्गीत संयोजनमा बनाएको सालैजो गीत सार्वजनिक