साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा एक नेपालीको बाटोमै मृत्यु

युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा युएईमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बु रहेका छन् । बुधबार विदामा घर फर्कन लागेका उनको
बुधबार एयर अरेबीयामार्फत युएई ट्रान्जिट हुँदै नेपाल फर्कँदै गरेका लिम्बुले युएईको सारजा विमानस्थलको प्रतीक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए ।

त्यसपछि विमानस्थलबाट प्रहरीले उनलाई उपचारका लागि अस्पताल पुर्याएको थियो । उनको सारजास्थित अल कुवेत अस्पतालको आइसीयु कक्षमा राखेर उपचार भैरहेको थियो। तर उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको हो ।

चिकित्सकले मेडिकल रिपोर्टमा उनी जन्डिसको सङ्क्रमणले अन्तिम अवस्थामा पुगेको र दुवै मिर्गौला खराब भएको बताएका छन् ।५ वर्षअघि श्रीमतीको निधन भएपछि लिम्बु नेपालमा दुई छोरीहरूलाई छाडेर साउदी पुगेका थिए । तर दुई छोरीमध्ये जेठी छोरीको गतसाल निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना

रणवीर र मेरो सम्बन्धमा कसैको नजर नलागोस् भन्दै यसरी मुस्कुराइन् आलिया