प्रतिनिधि सभाको आईतबारको बैठकमा कृषिमन्त्री खनालको १६ बुँदे जवाफ

काठमाडौं, ८ असार । प्रतिनिधि सभाको आईतबारको बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले विनियोजन विधेयक, २०७६ को मन्त्रालयका छलफलका क्रममा सांसदहरुले उठाएका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफ्नो जवाफलाई विभिन्न १६ बुँदामा उल्लेख गरेका छन् ।
कृषिमन्त्री खनालले बजेटका सम्बन्धमा सांसदहरुबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै बजेट ल्याइएको बताउँदै छलफलमा आफ्नो विचार व्यक्त सबैमा धन्यवाद समेत दिएका छन् । उनले कृषि, अनुदान प्रवाहलाई थप प्रभावकारी बनाउने, किसानले उचित मूल्य पाउने व्यवस्था गर्ने, कृषि विमा, रासायनिक मलको अभाव हुन नदिने लगायत समस्यालाई आगामी आ.ब.ले सम्बोधन गर्ने पनि विश्वास दिएका छन् ।

कृषि तथा पशुपंक्षि विकासमन्त्री चक्रपाणि खनालद्वारा प्रतिनिधि सभामा आज प्रस्तुत जवाफ जस्ताको तस्तै

– कृषि अनुदान प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित, सरल र पारदर्शी बनाउन अनुगमन बढाउनुका साथै कृषि अनुदान कार्यविधिमा एकरुपता ल्याउन “कृषि व्यवसाय प्रवर्द्धनको लागि अनुदान प्रवाह गर्ने सम्बन्धी कार्यविधि” तयारी अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षदेखि बैङ्किक प्रणाली मार्फत अनुदान वितरण गर्ने योजना रेहको छ।
– किसानले उचित मूल्य नपाएको समस्या समाधानका लागि प्रमुख खाद्यान्न बाली धान र गहुँमा न्यूनतम समर्थन मूल्य तोकिदै आएको र आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिनुका साथै थप प्रभावकारी बनाईने छ। उखु किसानहरुको उत्पादनलाई प्रवर्द्धन गर्न न्यूनतम खरिद मूल्य तोकी सो कार्यान्वयनमा रहेको छ। यसका लागि आ।व। २०७५र७६ मा प्रति क्वीटल रु। ६५।२८ अनुदान उपलब्ध गराईएको छ भने आगामी आ।व।को लागि १ अर्ब बजेट छुट्याइएको छ।
– कृषि बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन बिमा समिति मार्फत कृषि बिमाको कार्यक्रम तीव्र रुपमा संचालन भइरहेको छ। आगामी आ।व।मा बाली बिमा तर्फ ९ करोड र पशुपन्छी बिमा तर्फ ३२ करोड विनियोजन गरिएको छ। यस कार्यक्रम मार्फत ठछ हजार कृषक लाभान्वित हुने अपेक्षा गरिएको छ।
– रासायनिक मलको अभावका कारण किसानले भोग्नु परेको समस्यालाई आत्मसाथ गर्दै आगामी आर्थिक वर्षमा मलको अभाव हुन नदिन लागत सहभागिताको आधारमा कृषकहरुलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने प्रयोजनार्थ ढ अर्व बजेट छुट्याइएको छ। मल आपुर्ति तथा वितरणमा सहजताको लागि कृषि सामाग्री कम्पनी लि।को द्दण् हजार मे।टन क्षमताको गोदाम घर निर्माणका लागि ‍बजेट विनियोजन भएको छ ।९बिरगञ्ज ज्ञण् हजार मे।टनस बिराटनगर छ हजार मे।टनस भैरहवा छ हजार मे।टन० यसका साथै मलको प्रभावकारी प्रयोगको लागि मल ब्लेन्डिङ्ग कारखाना स्थापनाको लागि ‍बजेट विनियोजन गरिएको छ।
छ। युवा लक्षित कार्यक्रमस् स्वदेशी तथा विदेशबाट फर्केका १ हजार युवाहरुलाई कृषि पेशामा आकर्षित गर्न कृषिमा युवा विशेष कार्यक्रमको अवधारणा ल्याइएको छ र सोको संचालन कार्यविधि तयार भइरहको छ।
– प्रांगारिक खेती प्रबर्द्धनका लागि प्रदेश ज्ञ, प्रदेश घ, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आगामी आ।व। देखि प्राङ्गारिक खेती प्रवर्द्धन मिशन कार्यक्रम संचालन गर्ने र अन्य प्रदेशमा क्रमशस् विस्तार गर्दै लाने कार्यक्रम रहेको छ।
– प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजनास् यस आयोजनाले विशिष्टिकृत बालीहरुमा आत्मनिर्भर हुने तथा स्थान विशेष र मूल्य श्रृङ्‍खलामा जोड दिँदै आएको छ। आगामी आ।व। सम्ममा ज्ञण्ट जोन र ज्ञट सुपरजोन संचालनमा आएको हुनेछ।
परियोजनालाई प्रभावकारी बनाउन परियोजनाको संगठनिक संरचनामा सुधार गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गरिएको छ।
परियोजना मार्फत नमुना फार्म स्थापनाको लागि चालु आ।व।मा प्रकृया सुरु भई यस कार्यक्रमलाई आगामी आ।व।मा निरन्तरता तथा थप गरिएको छ। आगामी आ।व।मा प्रत्येक प्रदेशमा कम्तीमा एक वटा नमूना कृषि फार्म स्थापना भई संचालनमा आएको हुनेछ।
कृषि पढेका विद्यार्थीहरुलाई ईन्टर्नसिप गराउने कार्यक्रम आ।व। ७३र७४ देखी निरन्तर भईरहेको छ र हालसम्म करिव टण्ण् विद्यार्थीले विभिन्न जोन, सुपरजोन र ब्लकहरुमा ईन्टर्नसिप गरी व्यवहारिक ज्ञान तथा अनुभव हासिल गरिसकेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ९एःब्ःए० प्रदेशमा हस्तान्तरण गर्नु पर्ने भन्ने सुझावका सम्बन्धमा एःब्ःए का दुई वटा संभाग पकेट तथा ब्लक तर्फको रकम ४ अरब ३५ करोड सातवटै प्रदेशमा हस्तान्तरण गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छु।
कृषि उपज भण्डारण सेवा विस्तार गर्नु पर्ने भन्ने सुझावका सम्बन्धमा आगामी वर्ष १० वटा कोल्ड स्टोर निर्माण र ४ वटा कृषि उपज भण्डारण घर ९क्ष्यि० निर्माण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ।
ढ। कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउन कृषि अनुसन्धान क्षेत्रमा चालु आ।व। भन्दा आगामी आ।व।मा ज्ञद्ध प्रतिशतले बजेट वृद्धि गरी द्द अर्व ७१ करोड पुर्याईएको छ। साथै प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशमा एक एक वटा कृषि अनुसन्धार केन्द्र थप गर्न प्रस्ताव गरिएको छ।
– पशुपन्छी विकास तर्फ १ अर्व ८३ करोड विनियोजन गरिएको छ। पशुपंक्षी तर्फ खोप उत्पादन तथा वितरण, पशुपन्छी श्रोत संवर्द्धन, प्रयोगशाला तथा हरियो घाँसमा आधारित पशुपालन प्रविधि विकास कार्यक्रमका साथै मासु दुध माछा तथा अण्डा उत्पादन वढाई आयात प्रतिस्थापन तथा आत्मनिर्भर उन्मुख कार्यक्रमहरु विशेष महत्वका साथ प्रस्ताव गरिएको छ।
– बजेट विनियोजन चालु तर्फ बढि भयो भन्ने जिज्ञासाका सम्बन्धमा कृषि तथा पशुपंक्षी मार्फत कृषकलाई प्रदान गरिने सम्पूर्ण अनुदानको रकम तथा कृषि कार्यक्रमहरु ९बजार पुर्वाधार निर्माण, मेशिनरी औजार उपकरण, कस्टमा हायरिङ् सेन्टर, पोष्ट हार्भेष्ट सेन्टर, कृषि प्रसार, कृषि अनुसन्धान लगायत० चालु तर्फ हुने हुनाले चालु तर्फ रकम धेरै देखिएको हो। यसका अलावा कृषिको कुल बजेटको करिब २६ प्रतिशत र संघको बजेटको ३२ प्रतिशत रकम विनियोजन भएको अनुदानमा रसायनिक मल वितरण कार्यक्रम पनि चालु तर्फ नै पर्ने कुरा जानकारी गराउन चाहन्छु।
-भैपरी खर्च बढि देखिएको सन्दर्भमा लागत सहभागीतको आधारमा कम्तिमा एक स्थानीय तह एक प्राविधिकको अवधारणा अनुसार प्राविधिक कर्मचारीको पारिश्रमिकको व्यवस्था भएकोले यो बजेट बढि देखिएको र यो बजेट स्थानीय तहमानै पठाईने व्यहोरा अनुरोध गर्न चाहन्छु।
– मन्त्रालयको अहिलेसम्मको खर्च ६१ प्रतिशत मात्र भएको भन्ने सन्दर्भमा कतिपय कार्यक्रममा सत प्रतिशत काम सम्पन्न भएपश्चात भुक्तानी हुने हुनाले खर्च कम देखिएको हो र असार मसान्त सम्म ८० प्रतिशत भन्दा बढी वित्तीय प्रगति हुने अपेक्षा गरिएको छ।
– कृषकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने सम्बन्धमा राष्ट्रिय किसान आयोग मार्फत अध्ययन भई प्रतिवेदन प्राप्त भएको छ। आगामी दिनमा किसानलाई सामाजिक सुरक्षामा कसरी समावेश गर्न सकिन्छ भन्ने सम्बन्धमा पनि अध्ययन भैरहेको छ।
ज्ञछ। कृषि यान्त्रिकरणलाई बढावा दिन नेपाल कृषि अनुसन्धान परिषदबाट नेपालका लागि उपयोगि कृषि यन्त्र सम्बन्धी अध्ययन भैरहेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि क्षेत्रमा यान्त्रीकरणको लागि सामुदायिक पोष्टहार्भेष्ट सेन्टर तथा कस्टम हायरिङ्ग सेन्टर मार्फत काम भईरहेको र आगामी आ।व।मा पनि यसको निरन्तरता प्रदान गरिएको ।
– कपास विकास समिति प्रभावकारी नभएकाले विघटन गर्नुपर्ने भन्ने सुझावका सम्बन्धमा कपास विकास समितिलाई मन्त्रिपरिषदबाट राष्ट्रिय कपास विकास समितिको रुपमा गठन गर्ने निर्णय भएको र उक्त राष्ट्रिय कपास विकास समितिलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन कार्यदल गठन गरी अध्ययनको कार्य भएको कुरा अनुरोध गर्न चाहन्छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

वन तथा वातावरण क्षेत्रमा १९ अर्ब वजेट विनियोजन

कोठा अभावकै कारण खुल्ला चौरमा पठनपाठन गराउँदै शिक्षक