बोलमाया र गलबन्दीपछि अञ्जली अधिकारीको अर्को दमदार गीतको भिडियो हेर्नुहोस्

काठमाडौं । बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा हुन थालेको छ । यसअघि हल्काफुल्का लोक गीतहरुमा मात्र अभिनय गर्दै आएकी अञ्जलीले बोलमाया मार्फत आफूमा निहीत अभिनय क्षमतालाई निखारेर प्रस्तुत गरेसँगै उनका एकपछि अर्को दमदार गीतहरु आउने क्रम जारी नै छ ।

प्रसादको बनकी चरी र गलबन्दीपछि उनले अभिनय गरेको अर्को गीत म निदाएसी आयौमा पनि अञ्जलीले आँफुलाई अहिलेसम्मकै फरक अवतारमा ढालेकी छिन् । अभिनयमा अञ्जलीलाई जीवन भट्राई र रिचा थापाले साथ दिएका छन् । नरेश गौतमका शब्द शृजनामा एनके ब्रदरर्सको संगीतमा गायक नवराज सापकोटा सलल बगेका छन् ।

छोटो समयमा नै चर्चा कमाएको गीतको निर्देशन प्रकाश धितालले गरेका हुन् । गीतले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यलाई निर्देशक धितालले गज्जबसँग प्रस्ुत गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा सासंद

गण्डकी प्रदेशसभाको बैठक आज पनि सूचना टाँसेर स्थगन