पुस्तक आयातमा दश प्रतिशत भन्सार लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग

काठमाडौं । प्रतिनिधि सभाको आईतबारको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यक्रम शुरु भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा आज अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा आपूर्ति मन्त्रालय, संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय गरी सात मन्त्रालयका विभागीय मन्त्रीहरुले आज जवाफ दिने कार्यसूची रहेको छ ।

यसैबीच, प्रतिनिधि सभको आईतबारको बैठकमा सांसदहरुले शुन्य तथा विशेष सयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समे गराएका छन् ।

बैठकको शुरु हुने बित्तिकै शुरु भएको शुन्य समयको कार्यक्रमा बोल्दै सत्तापक्षी दल नेकपा(नेकपा)की सांसद सांसद अञ्जना विसंखेले विप्लव समूहलाई वार्तामा आउन आग्रह गर्दै हत्या हिंसाको राजनीति छाड्न आग्रह गरिन् । त्यस्तै सांसद आशाकुमारी विकले फागुन १ गतेदेखि एक करोड भन्दा लागतका सडक आयोजनाहरुमा सडक खन्नका लागि डोजर प्रयोग गर्न नपाउने सरकारले व्यवस्था गरे तापनि मुलुकका ग्रामीण भेगमा यो नियम लागू नभएको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

शुन्य सममया सांसद इन्दुकुमारी शर्माले संविधानप्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न नागरिकता ऐन सम्बन्धी विधेयक छिटो ल्याउन माग गरिन् भने सांसद कुमारी मेचेले सुकुम्बुवासी समस्या समाधानका निम्ति तत्काल आयोग गठन गर्न र मनसुन शुुरु भएपछि आउन सक्ने वाढीपहिरोको जाखिम रोक्न सरकारले रोकथामका कार्यक्रम ल्याउन माग गरेकी थिइन् ।

शुन्य समयमा सांसदहरु केदार सिग्देल, गगनकुमार थापा, गजेन्द्रबहादुर महत, गणेशकुमार पहाडी, घनश्याम खतिवडा लगायतले समेत बोलेका थिए ।त्यस्तै आजको विशेष समयमा बोल्दै सांसद मेटमणि चौधरीले अहिले धान रोप्ने सयममा मलखादको अभाव भन्दै त्यस तर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

सांसद उमाकान्त चौधरीले प्रतिनिधिसभा, कृषि समितिमा नेकपाकी सांसद राधा ज्ञवालीले राख्नुभएको धारणाले थारु जातीलाई चोट पुगेको भन्दै सांसद ज्ञवालीले तत्काल माफि माग्नु पर्ने बताए ।विशेष समयमा सांसद चन्दा चौधरीले रेशम चौधरीलाई उपचारका क्रममा राम्रो व्यवहार गर्न माग गरिन् भने सांसद प्रेम सुवाललले रोपाई शुरु हुँदा पनि कृषकले मल नपाएको तर्फ सरकारले ध्यान दिएको छ की छैन ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

त्यस्तै सांसद राजेन्द्र केसीले पुस्तक आयातमा दश प्रतिशत भन्सार लगाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् भने सांसद झपट रावलले संसद बैठकमा मर्यादित भाषा शैली अपनाउन सांसदले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Alexis Holmes gets ready to compete in the 400m

यस्तो बन्ने छ ‘इन्साल्लाह’मा आलिया र सलमान खानको जोडी