भक्तपुरको सूर्यविनायकबाट ६ लाख नगदसहित १३ जुवाडे पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका ५ सल्लाघारीमा तास खेलिरहेका उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।उनीहरूका साथबाट ६ लाख १ हजार ६ सय ६५ रुपैयाँ पनि जफत गरेको छ।विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ९भक्तपुर०ले उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै १२ बुक तास, २ थान चेक र तास खेल्न प्रयोग गरिने अन्य सामान पनि बरामद गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Comments
0 comments