यस्तो अबस्थामा भेटए सारा र कार्तिक, के प्रेममा छन् उनीहरु ?

एजेन्सी- बलिउड चर्चित अभिनेत्री सारा अली खान र कार्तिक आर्यनका केही तस्वीर अहिले सामाजिक संजालमा निकै भाइरल भएका छन् । उक्त तस्विरमा उनिहरु आफ्नो अनुहार छोपेर एक अर्कालाई हग गरी बाटोमा हिँडिरहेका छन् । उक्त तस्विर ले अहिले निकै चर्चा पाएको छ ।

साराले र कार्तिकले मुख छोपेर हिड्दा पनि यी दुवैलाई फ्यानले चिनिरहेका छन् । पछाडि एकाएक फ्यानहरुले उनिहरुका तस्वीर खिचाए । सामान्य रुपमा घुमिरहेका यिनिहरुलाई सेल्फी लिनेको घुइचो लागिरहेको थियो ।

सारा र कार्तिक पहिले पनि यसरी अनुहार लुकाएर आफ्नै तालमा हिँडिसकेका छन् । यसअघि एकपटक कार्तिक र साराले आफूहरु हिँडेको तस्वीर पनि शेयर गरेकी थिइन् । यतिबेला कार्तिक र साराको फिल्म ‘लभ आजकाल २’ को काम शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काठमाडौ बाहिर बनिसक्यो धरहरा,१० लाखको लागतमा १५ जना एकैपटक चढ्न मिल्ने धरहरा

पत्रकारिताको नाममा धम्की दिई ठग्ने प्रवृति बढ्दै गएकामा चिन्ता