सौगातले सृष्टिलाई लगाइदिए झुम्का, सृष्टिले क्याप्सनमा लेखिन् यस्तो

काठमाडौँ- पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लको प्रेम प्रसंग अब नयाँ रहेन । यि दबैले आफ्नो प्रम खुलेर पोखेका छन् । उनीहरूको प्रेम प्रसंगले यतिवेला फिल्मी बजार तताइरहेको छ । अहिले दुवैजना ‘पोइ पर्‍यो काले’को सुटिङमा व्यस्त छन् ।

फिल्ममा उनीहरूको साथमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ पनि छन् । फिल्ममा उनीहरूको भूमिका के हो भनेर खुलाइएको छैन । हालै सृष्टिले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् ।

फोटोमा सौगातले सृष्टिको कानमा फूललाई झुम्का बनाएर लगाइदिइरहेका छन् । सृष्टिले क्याप्सनमा लेखेकी छिन्, ‘हे कान्छा, मलाई फूलको झुम्का लगाइदेऊ न ।’ जुन तस्विर अत्यन्तै मन पराइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कालीगण्डकीमा नदीजन्य वस्तु उत्खननमा रोक

मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा मोटरसाइकलमा सवार दुवैको जलेर मृत्यु