लडेर घाइते भइन् चर्चित नायिका दिशा पटानी, यस्तो छ अबस्था

काठमाडौँ -फिल्मका कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि दिशा चर्चामा आइरहन्छिन् । बलिउड अभिनेत्री दिशा पटानीको फिल्म ‘भारत’ अहिले बक्स अफिसमा सफल भइरहेको छ । फिल्ममा उनको साथमा सुपरस्टार सलमान खान र क्याट्रिना कैफ छन् । तर, दिशाका फ्यानका लागि भने दुःखद खबर बाहिर आएको छ ।

दिशा अर्को नयाँ फिल्म मलंगको सुटिङमा थिइन् । सुटिङका क्रममा उनलाई चोट लागेको छ । फिल्मको एक गीतको सुटिङका वेला चोट लागेको हो । तर, प्राथमिक उपचारपछि उनले फेरि सुटिङ गरेको बताइएको छ ।

संयोग के छ भने दिशा फिल्म ‘भारत’को सुटिङका वेला पनि घाइते भएकी थिइन् । दिशाका अनुसार भारत फिल्ममा ‘स्लो मोसन’ गीतमा उनलाई चोट लागेको थियो । उनको घुँडामा समस्या आएको थियो । दिशा फिल्मको कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको जोखिम रहेको भन्दै अपाङ्गता भएका व्यक्तिलाई झुल वितरण

कालीगण्डकीमा नदीजन्य वस्तु उत्खननमा रोक