एजेन्सी । पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेरुको पोष्टमा ५ गोल हान्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलको जितमा १२औं मिनेटमा कासिमिरोले पहिलो गोल गरे भने दोस्रो गोल १९औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे ।
त्यस्तै ३२औं मिनेटमा एभर्टनले गोल गरेपनि ब्राजिल पहिलो हाफमा ३–० को गोल अन्तरले अगाडी रह्यो । पेरु निकै दबाबमा रहेको खेलमा दोसे हाफको ५३औं मिनेटमा डानी एलभेसले र ९०औं मिनेटमा विलियनले गोल गरेपछि पेरु ५ गोलले पराजित बन्न पुगेको हो । तीन खेल सकिँदा चार अंक बनाएको पेरुको उत्कृष्ट उपविजेता बन्दै नकआउट चरणमा पुग्ने सम्भावना भने अझै कायमै रहेको छ ।
Comments
0 comments