हाँस्नु स्वास्थ्यको लागि यति धेरै फाईदा !

यदी कोही पनि ब्यक्ती आँफै माथि चुट्किला भनेर हाँस्दाछ भने त्यसलाई हेर्ने दृष्‍टि नै फरक हुने गर्दछ । तर एक अध्ययनमा गरिएको दाबीअनुसार, आफैंमाथि चुट्किला भनेर हाँस्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य स्तर राम्रो हुन्छ । यो अध्ययन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित भएको छ ।

हास्य मनोविज्ञानमाथि पहिले गरिएका अध्ययनहरूभन्दा यो फरक हो ।खासमा अहिलेसम्म गरिएको सबै अध्ययनमा के बताइन्थ्यो भने आफैंमाथि चुट्किला भन्ने काम नकारात्मक मनोविज्ञानसँग सम्बन्धित छ त्यसैले उनीहरू यो शैली प्रयोग गर्छन् ।

स्पेनको ग्रानाडा विश्वविद्यालयका जर्ज टोर मरीनले बताए, ‘आफैंमाथि चुट्किला भन्ने प्रवृत्ति मनोवैज्ञानिक स्वास्थ्यका आयाम खुशी र सामाजिकता राम्रो हुने संकेत हो । यस्ता हास्यमा सांस्कृतिक अन्तरलाई लक्षित गरिएको नयाँ अध्ययन आवश्यक छ ।’

मरीन थप्छन्, ‘यो अध्ययनको नतिजाले हाम्रो देशमा आफैंमाथि हाँस्नु सकारात्मक संकेत हो भन्ने देखाउँछ । तर आफैंमाथि हाँस्ने विषयमा गरिएको अनुसन्धान कुन ठाउँमा भएको भन्ने कुराले परिणाममा भिन्नता ल्याउँछ ।’
आफैंमाथि हाँस्नु भनेको रिस दबाउने प्रवृत्ति हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

MPs to monitor agriculture pocket zones

पेरुलाई खाता नै खोल्न नदिई ब्राजिलले हान्यो ५ गोल, ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश