एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारतले अफगानिस्तान विरुद्ध शानदार खेल खेल्दै ११ रनको जित दर्ता गरेको छ । बेलायतमा जारी खेलमा विश्वकपको दाबेदार मानिएको भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २१३ रनमा अलआउट भएको हो । उक्त खेलमा भारतका मोहम्मद शामीले ह्याट्रिक विकेट लिन सफल भए । त्यस्तै शामीले ह्याट्रिकसहित ४ विकेट लिए भने जसप्रीत बुमराह, युजवेन्द्र चहल र हार्दिक पंड्याले दुई दुई विकेट लिए ।
उक्त खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनाएको थियो । भारतका लागी कप्तान विराट कोहलीले ६७ रन बनाए भने ओपनर रोहित शर्मा एक रनमै आउट भए । त्यस्तै खेलमा विजय शंकरले २९ रन , महेन्द्रसिंह धोनीले २८ रन , मोहम्मद शामी १ रन र केदार जाधवले अविजित ५२ रन बनाए । त्यस्तै खेलमा अफगानिस्तानका लागि मोहम्मद नाबी र गुलबादिन नइवले २ – २ विकेट लिएका थिए । जितसँगै भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
Comments
0 comments