वीरेन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–३ पतेनीका २१ वर्षीय लक्ष्मण चौधरीको दिउँसो माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
माछा मार्नका लागि घर नजिकैको खोलामा विद्युत् तार जोडिएको थियो । चौधरी बत्ती नभएका बेला माछा मार्न जानुभएको थियो ।
माछा मार्ने क्रममा एक्कासी विद्युत् करेन्ट लागेको केहीबेरमै उहाँको मृत्यु भएको छिमेकी राजेन्द्र खत्रीले जानकारी दिनुभयो । करेन्ट लागेलगत्तै उहाँलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । शवलाई परीक्षणका लागि प्रदेश अस्पतालमा राखिएको छ ।(रासस)
Comments
0 comments