नक्कली भ्याट बिल बनाएर छलियो ७ अर्ब कर

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने १०० कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे सात अर्ब रुपैयाँ करर छली भएको प्रारम्भिक निष्कष निस्किएको छ। ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झण्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्ने देखिएको छ।

२०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झण्डै ६ अर्ब रुपैयाँ कर छली भएको थियो। राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेसम्म नक्कली भ्याट बिल बनाउने ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको जानकारी दिए।

‘अन्य ४५ कम्पनी छानबिनका क्रममा छन्’, मैनालीले भने, ‘अदालतमा गइसकेको मुद्दामै बिगोको आकार करिब पाँच अर्ब रुपैयाँ पुगिसकेको छ। अरु कम्पनीको अनुसन्धान सकिँदा यो अंक सहजै साढे सात अर्ब रुपैयाँ पुग्छ।’ नक्कली बिल उत्पान गर्ने कम्पनीसँग बिल खरिद गर्ने कम्पनीमाथि छानबिन हुँदा थप त्यति नै राजस्व चुहावट भेटिने विभागका अधिकारीहरूले बताएको समाचार आजको कान्तिपुर दैनिकमा छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यसकारण हुन्छ नाक, कान र घाँटीको क्यान्सर यस्ता छन् लक्षणहरु

Visitors pose for photos at the Pop-Up Disney!