यसकारण हुन्छ नाक, कान र घाँटीको क्यान्सर यस्ता छन् लक्षणहरु

मान्यतया शरीरको कुनै भागमा कोषिकाहरु अनियन्त्रित भएर बढ्नुलाई क्यान्सर भएको मानिन्छ।नाक, कान र घाँटीमा पनि विभिन्न समस्याका कारण क्यान्सर हुन सक्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा नाक, कान र घाँटी रोग विशेषज्ञ डा.माधव दाहालले लेखेका छन्।

यस्तो समस्यामा सुरुवाती चरणमै उपचार नगर्ने धेरै छन्। प्रायः शल्यक्रिया गर्नुपर्ने विरामी धेरै हुने भएकाले नाक, कान र घाँटीको क्यान्सरको चर्चा ज्यादै कम हुने गर्छ।नेपालमा करिब एक लाख मानिस नाक, कान र घाँटीको क्यान्सरबाट पीडित छन्।

यसको प्रमुख कारण अत्यधिक धुमपान र मध्यपान नै हो। चुरोट तमाखु, बिँडी, गुट्खा, पानपराग लगायतको सेवनले नाक, कान र घाँटीको क्यान्सर गराउँछ।वातावरणीय प्रभाव पनि नाक, कान र घाँटीको क्यान्सरको अर्को कारण हो।

मुखमा घाउ आएर लामो समयसम्म निको नहुने, मुखभित्र सेतो दाग देखिनु मुखको क्यान्सरको लक्षण हो।घाँटीको क्यान्सर भएमा आबाज धोद्रो हुने, सास फेर्न र खाना निल्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ।

यसबाट जोगिन धुमपान, मद्यपान र धुलोधुँवाबाट जोगिनुपर्छ। त्यस्तै पिरो र पोलेको खानेकुरा बढी सेवन गर्नु हुँदैन।क्यान्सरका चरण विभिन्न हुन्छन्। त्यसैले, लक्षण देखिनासाथ सुरुवाती चरणमै उपचार गर्न सकेमा जटिल क्यान्सरबाट जोगिन सकिन्छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Reconstruction of Icchyakamana temple begins

नक्कली भ्याट बिल बनाएर छलियो ७ अर्ब कर