ओलीलाई कडा झड्का ! ओली-प्रचण्ड दोस्तीमा यसरी आउँदैछ दरार

‘रीतबहादुर खड्को स्मृतिमा हाम्रा साथीहरु (पूर्वएमाले) कोही पनि नआउने? म ठिंग एक्लै भएँ। यस्तो पनि हो एकता?’संघीय संसद सदस्यसमेत रहेका नेकपा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ ३ जेठ अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा यसरी भुनभुनाउँदै थिए।

कारण थियो, अघिल्लो दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पूर्व एमालेका नेता कार्यकर्ताको उपस्थिति न्यन हुनु। यो खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्।कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका साथै नेकपाका थुप्रै नेता कार्यकर्ता निम्त्याइएका थिए।निर्धारित समयभन्दा केही ढिलो गरी कार्यक्रममा प्रचण्ड सहभागी भए। तर, कार्यक्रम समापन हुने तरखर भइरहँदा समेत प्रधानमन्त्री रहेका अर्का अध्यक्ष ओली आउने कुनै छाँट थिएन।

ओली त आएनन् नै, पूर्वएमालेका श्रेष्ठबाहेक कोही पनि उपस्थित भएनन्।विगतमा यस्ता कार्यक्रममा कम्तिमा महासचिव विष्णु पौडेल सहभागी हुने गरेका थिए।दुई अध्यक्षमध्ये पार्टीमा ओलीकै नाम अघि आउँछ। त्यसमाथि यसबेला ओली मुलुकका कार्यकारी प्रमुख हुन्।तर, खड्काको स्मृतिसभामा उपस्थितिका लागि बाँडिएको निमन्त्रणा कार्डमा प्रचण्डको नाम अगाडि र ओलीको पछाडि छ।

यति मात्र होइन, ओलीलाई प्रधानमन्त्रीका रुपमा सम्बोधनसमेत गरिएको छैन।सचेततापूर्वक नै यस्तो कार्ड बनाइएको जानकारको भनाई छ।पूर्वएमालेहरुलाई विचार पढाउनुपर्छ, वैचारिक बहसलाई प्रस्ट्याउनुपर्छ भन्ने प्रचण्डकै सुझाबमा त्यो कार्यक्रम पार्टीको अर्को केन्द्रीय कार्यालय पेरिसडाँडामा नगरेर धुम्बाराहीमा गरिएको थियो।यस्ता दर्जनौं प्रकरणले जिल्ला कमिटीले पूर्णता पाउँदा नपाउँदै पूर्वएमाले र पूर्वमाओवादीको भावनात्मक सम्बन्धको डोरी फुस्किँदै गएको देखाउँछ।

प्रचण्ड पनि ओलीसँग कम रुष्ट छैनन्। खासगरी सरकार सञ्चालनदेखि अन्य सानातिना कुरामा समेत आफूलाई मतलव नदिएको, सल्लाह, सुझाब ग्रहण नगरेको उनको दुखेसो छ।प्रचण्ड योभन्दा पनि ओलीले पूर्वसहमतिबमोजिम सत्ता हस्तान्तरण गर्नबाट पछि हट्ने हुन् कि भन्नेमा सशंकित छन्।ओली-प्रचण्ड दोस्तीमा यसरी आउँदैछ दरार

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चितवनका एक कृषकले राखे ११४ जातको धानको बिउ

वन तथा वातावरण क्षेत्रमा १९ अर्ब वजेट विनियोजन