नेपालमा मनसुन सक्रिय : अत्याधिक वर्षाको सम्भावना, पहाडी भेगमा पहिरो जाने सम्भावना भएकोल सर्तक रहन आग्रह

काठमाडौं – बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन क्रमशः पश्चिमतिर विस्तार हुँदै गइसकेको छ ।मनसुनले अब दुई दिन पश्चिम क्षेत्रका विभिन्न स्थानमा भारी वर्षा गराउने सम्भाबना भएको छ ।

शनिबार मनसुन मध्यक्षेत्रका केही भेग र पश्चिममा बढी सक्रिय रह्यो। महाशाखाले जनाए अनुसार बादलले नेपालका अधिकांश भाग ओगेटेको छ, । अब दुुई दिन पश्चिम भेगमा केही स्थानमा लगातार भारी वर्षा हुनेछ।पूर्वी भेगमा मनसुन कमजोर भएको छ ।

पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना भएकोल सर्तक रहन आग्रह गरिएको छ । महाशाखाले शनिबार विशेष खबर जारी गर्दै मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको जनाएको छ। त्यसैले शनिबार दिउँसो, राति र आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गाउँभरि नै अपांगता भएका बालबालिकाहरु दाम्लोको सिकार बन्दै

आज पनि बढ्यो सबै देशको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?