१७ वर्षअघि लुक्लाको आकाशबाट हराएको चार्ली हेलिकप्टरको खोजी गर्ने तयारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले मकालु हिमालको आधार शिविरबाट १७ वर्षअघि लुक्लातर्फ उडेपछि हराएको रसियन हेलिकप्टरको खोजीमा चासो देखाएको छ। सोलुखुम्बुका एक युवकले हेलिकप्टरको अवशेष तथा घटनास्थल भेटेको दाबी गरेपछि प्राधिकरणले चासो देखाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रबन्धक सञ्जयकुमार साहले त्यससम्बन्धी समाचार सार्वजनिक भएपछि खोजी प्रक्रिया अघि बढाइएको बताए। ‘चार्ली युनिफर्म नामको हेलिकप्टरको अवशेष भेटिएको समाचार पढेपछि त्यसको खोजीका लागि मैले फेरि फाइल खोलेको छु,’ प्रबन्धक साहले भने।

उनले बबरमहलस्थित तालुक निकाय नागरिक उड्डयन प्राधिकरणलाई तत्काल घटनास्थलमा गएर अनुसन्धान गर्न लेखी पठाइसकेको बताए। यस विषयबारे प्राधिकरणका कार्यवाहक महानिर्देशक राजन पोखरेलले जहाज दुर्घटनामा छानबिन तथा जाँच गर्ने अधिकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भएकाले मन्त्रालयसँग समन्वय गरिने बताए।

‘यो घटना १७ वर्षअघिको हो, उक्त हेलिकप्टरको स्वामित्व रहेको एसियन एयरलाइन्स बन्द भइसकेको छ’, पोखरेलले भने, ‘मन्त्रालयलाई लेखी पठाउँछौं।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Hong Kong Protests

चीनले भन्यो, नेपालमा कामभन्दा कुरा धेरै भयो