वर्ण व्यवस्थामा आधारित जातीय व्यवस्थाको कारणबाट देशको विकास हुन सकेन : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्ण व्यवस्थामा आधारित जातीय व्यवस्थाको कारणबाट देशको विकास हुन नसकेको बताउनुभएको छ ।विश्वकर्मा कल्याण समाजको अक्षयकोष घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वर्ण व्यवस्थाले जाति, समुदाय र समाजको एकतालाई खण्डित गर्ने काम भएको र देश एकताबद्धरूपमा अघि बढ्न नसक्दा विकास र समृद्धिमा पछि परेको भनाइ राख्नुभयो ।

राज्यको स्थापनादेखि नै नेपाली समाजलाई अघि बढाउन उत्पीडित दलित समुदायको भूमिका रहेको चर्चा गर्दै मन्त्री विश्वकर्माले हिजोका दिनमा विज्ञान र प्रविधिको विकास नहुँदा पनि उत्पीडित समुदायमा जन्मेका अग्रजहरुले समाजलाई अघि बढाउन योगदान दिएको स्मरण गर्नुभयो ।

मन्त्री विश्वकर्माले दलित समुदाय पछाडि पर्दा सो समुदाय मात्र पछि नपरी सिङ्गो नेपाली समाज र देशको विकास नै पछि परेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले राजनीतिकरूपमा केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाको अन्त्य भए पनि सामाजिक विभेदको अन्त्यका लागि दलित समुदायको एकतामा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

समाजका महासचिव दीपक घिमिरेले अक्षयकोषमा हालसम्म रु १२ लाख ५५ सङ्कलन भएको र यसै वर्षभित्रमा रु ५० लाख जम्मा गरेर समाजभित्र रहेका गरीब, असहाय अशक्तका बालबालिकालाई शिक्षा तथा वृद्धवृद्धाको स्वास्थ्योपचारका लागि खर्च गरिने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अविरल वर्षाका कारण अवरुद्ध माडी–भरपतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, आठ घाइते