नदीमा नुहाउने क्रममा डुबेर वीरेन्द्रको मृत्यु

नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, मधुवन नगरपालिका–४ ढोढरीमा सिभिल इञ्जिनीयरिङ विषयमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको बबई नदीमा डुबेर मृत्यु भएको छ ।

सुस्नयाँ गाउँपालिका–८ बैतडीका १९ वर्षका वीरेन्द्र बोहोरा नुहाउने क्रममा शुक्रबार डुबेर बेहोस भएका थिए । बेहोस बोहोराको उपचारको क्रममा आज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

दुई शिक्षकसँग ३५ विद्यार्थी अभ्यासमा पौडी खेल्न गएका ती विद्यार्थीको मृत्यु भएको नमूनाका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेलले बताउनुभयो । बारबर्दिया नगरपालिका–२ स्थित डुग्रहवामा नुहाउने क्रममा डुबेर सख्त घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

उदाए भविष्यकी अन्जु पन्त, १० वर्षमै दूनियाँ चकित पार्ने स्वर, गाइन् यसरी अनेकौं गीतहरु (भिडियो सहित)

नर्सिङहोमको लापरवाहीले पाठेघरसम्बन्धी बिरामी एक महिलाको मृत्यु, नर्सिङहोम तनावग्रस्त