अचेत भएपछि अस्पताल पुर्याएका वडाध्यक्ष फर्कबहादुरको चेत अस्पतालमा पनि आएन, उपचार असम्भब भन्दै डाक्टरले बिदा गरिदिएपछि घर लाँदा बाटोमै मृत्यु

रोल्पा -थबाङ गाउँपालिका(१ का वडाध्यक्ष फर्कबहादुर बुढा ‘उज्जल’को ६० वर्षको उमेरमा शनिबार निधन भएको छ । ब्रेन ह्यामरेजका कारण अचेत भएका अध्यक्ष बुढालाई ३१ गते उपचारका लागि काठ्माण्डौको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्तासम्म पनि केहि सुधार नआएपछि कित्सकहरुले उपचार सम्भव नहुने भन्दै बिदा गरिदिएपछि घर लैजाँदै गर्दा ३ बजे बाटोमै मृत्यु भएको हो ।बुढाको अन्तिम संस्कार गाँउमै गरिने बताइएको छ ।

शस्त्र द्वन्द्वको समयमा जनमुक्ति सेनाका ‘डाक्टर’ मानिने बुढाले सीएमए पढेर लामो समय अहेवको रुपमा सरकारी जागिर समेत गरेका थिए ।उनी गत स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरीत स्वतन्त्र उम्मेदवारमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कोटेश्वरदेखि कलङ्कीसम्म तीन हजार ५०० ठूला साइजका बिरुवा एकैपटक रोपिने

एमीले शेयर गरीन ब्याइफ्रेन्डसँगका गर्भवती अबस्थाका तस्विर, लेखिन तिमी शानदार पिता बन्नेछौ