एजेन्सी-चर्चित बलिउड फिल्म ‘कहो ना प्यार है’ बाट डेब्यू गरेकी अमीष पटेलले अहिले सम्म विवाह गरेकी छैनन् । कुनै समय धेरै युवाको मनमा बस्न सफल यी नायिका लगातार फ्लप फिल्मपछि फिल्म क्षेत्रबाट टाढा भएकी छन् ।उमेर चालिस कटेपनि उनको सुन्दरतामा भने कुनै कमी आएको छैन् ।
उनी विक्रम भट्टसँग प्रेम सम्बन्धमा थिइन् । यी दुईको बीचमा करीब ५ वर्ष अफेयर्स चलेको थियो । उनीहरुले सन् २००७ मा यो सम्बन्ध टुंग्याएका थिए । त्यसपछि उनी कनव पुरी नामक व्यवसायीसँग पनि सम्बन्धमा थिइन् तर यो सम्बन्धले पनि पुणृता पाँउन नसकेपछि उनले सञ्चारमाध्यम विवाह गर्ने मन नरहेको बताएकी थिइन् ।सन् २०१० मा यो सम्बन्ध सकिएको थियो ।
Comments
0 comments