पोखरामा मणिपाल शिक्षण अस्पतालका चिकित्सकको गाडीको ठक्करबाट तीन बर्षिए बालकको ज्यान गयो

पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

बिहान करीब ८।३० बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मनसुन मध्यक्षेत्र प्रवेश : अधिकांश स्थानमा वर्षाको सम्भावना

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा बैठक बस्दै