यस्ता छन् दही खानुका अपत्यारीला फाइदै फाइदा

काठमाडौं । दूध र दही मन नपर्ने प्रायस् हुन् मुस्किल नै हुन्छ । यी दुवैको सेवन स्वास्थ्यका लागि राम्रो हुन्छ । तर दूधभन्दा दही खानु स्वास्थ्यका लागि लाभदायक छ । दूधलाई अमिलो बनाएर दही जमाइने हो । यसमा भएका ब्याक्टेरियाका कारण यसलाई छिट्टो पचाउन सजिलो हुन्छ । यसमा दूधभन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटामिनहरू पाइन्छन् । दहीमा भिटामिन ए र बी–१२ हुन्छ अनि क्याल्सियम पनि धेरै हुन्छ । हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ ।

अस्टियोपोरोसिस जस्ता रोगसँग लड्न यसले मद्दत गर्छ । दूध छिट्टो पच्दैन र कब्जियत तथा ग्यास पैदा गर्छ । तर दही तुरन्तै पच्छ । खाना खाएपछि दही लिँदा पाचनप्रणालीलाई आराम पुग्छ । एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भाृजनको समयमा दही पिउनुभयो भने तपाईंलाई फाइदा हुन्छ । तर यसको मात्रा तपाईंले खाने अन्य कुराको हदले निर्धारण गर्ने हो । राति कहिल्यैपनि दही खानु हुँदैन । मासु खानुभएको छ त बिर्सेर पनि दूध वा दही नखानुहोला । अनि बासी दही कदापि नखानुस् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

रेशम चौधरीलाई साङ्लो लगाउनेलाई कडा कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

उपत्यकाका नदी, चक्रपथलगायत देशभरका मुख्य शहरमा सफाइ अभियान जारी, स्थानीय सरकारको बेवास्ता