‘बे्रन ट्यमुर’को समस्याले थलिएकी एक महिला आर्थिक अभावले उपचारबाट बञ्चित

सात महिनादेखि ‘बे्रन ट्यमुर’को समस्याले थलिएकी दैलेखकी एक महिलाले उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दैलेख महाबु गाउँपालिका–१ की ३० वर्षीया विनिता शर्माले ब्रेन ट्युमरको शल्यक्रिया गर्दा जायजेथा सकिएको भन्दै थप उपचारका लागि सहयोग गर्न अपिल गर्नुभएको हो । उहाँ शल्यक्रियापछि दृष्टिविहीन बन्नुभएको छ ।

सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै शर्माका परिवारले आर्थिक अभावकै कारण थप उपचार हुन नसकेको बताएका छन् । विनिताका पति निरक शर्माले गलत औषधिका कारण दृष्टिविहीन बन्नुपरेको आरोप लगाउनुभयो ।
गत मङ्सीरमा सिजी अस्पतालमा विनिताको शल्यक्रिया गरिएको थियो । ‘‘शल्यक्रियापछि थप स्वास्थ्य समस्या बल्झियो, उपचार गर्दा करीब रु १० लाख सकियो’’, विनिताका पति निरकले भन्नुभयो, ‘‘उपचारमा लागेको ऋण तिर्न जग्गा जमीनसमेत बेच्यौं, अहिले कोठा भाडामा बस्नुपरेको छ ।’’

टाउको दुखिरहने समस्या भएपछि विनितालाई गत वर्ष दैलेखबाट सुर्खेतको देउती अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचार नहुने भनेपछि काठमाडौँको सिजी अस्पताल लगिएको हो ।

शर्मा परिवारले उपचारमा लागि थुप्रै पटक प्रदेश सरकार र महाबु गाउँपालिकासँग अनुरोध गर्दा पनि कुनै सहयोग नपाएको गुनासो गरेको छ । विनिताको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिलाई मोबाइल नम्बर ९८४८१३३३८३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई माधवकुमार नेपालको आग्रह

छोरीको कलेजाको टुक्राले पाए पदमबहादुरले नयाँ जीवन