सिरहा । सशस्त्र प्रहरी क्याम्प माडरको गस्ती टोलीले सिरहाका नपा १७ पटेर्वाबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ आइरहेको नम्वर नखुलेको मोटरसाइकल चालक प्रहरीलाई देखेर पुनः भारत तर्फनै फर्केर भाग्न खोज्दा पिछागर्ने क्रममा कमला नदी किनारको घारीमा पेस्तोल फालेर भारत तर्फ भागेको बताइएको छ ।
बरामद पेस्तोल थप अनुसन्धान तथा कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सिरहा पठाइएको जनाइएको छ ।
Comments
0 comments