चीनको राजधानी बेइजिङ नजिकै बनेको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै ६ लाख नयाँ रोजगारी सिर्जना गर्ने भएको छ । समाचारमा जनाइए अनुसार हिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याइने छ ।
बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको विकल्पमा यो विमानस्थल निर्माण गरिएको हो । सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै १० करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताए।
Comments
0 comments