पाँच लाख घुस लिने न्यायाधीश बानियाँलाई ‘क्लिन चिट’

काठमाडौं । न्यायपरिषद् बैठकले घुसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँलाई सचेत गराउँदै ‘क्लिन चिट’ दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भ्रष्टाचारबारे शून्य सहनशीलता अपनाउने, बिचौलियामुक्त न्यायपालिका बनाउने भनेर पटक–पटक लिखित प्रतिबद्धता जाहेर गर्दै आएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रधानन्यायाधीश जबरालाई नै भेटेर न्यायापालिकाभित्र विकृति, विसंगति तथा भ्रष्टाचारजन्य कार्य बढेकाले त्यस्ता क्षेत्र÷छिद्रहरू नियन्त्रण गर्न भनेको छ । तर, उनै जबरा अध्यक्ष रहेको परिषद्ले घुसकाण्डका मुछिएका न्यायाधीश बानियाँलाई सचेत मात्र गराउँदै सफाइ दिएको छ ।

सवारी ज्यान मुद्दा सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिँदालिँदै गत १७ माघमा पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सुनको मूल्य अझै बढ्न सक्ने !भाउ बढेपछि किन्नेभन्दा बेच्ने धेरै

मापदण्डविपरीत सञ्चालन भएको भन्दै ९४ औषधि पसल कारबाहीमा