सुरुङभित्र ४ घन्टा थुनिएका मजदुर निमा भन्छन्- परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने लागेको थियो

रसुवा – रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा बिहीबार राति थुनिएका १७ मजदुर शुक्रबार बिहानै सकुशल बाहिर निस्किन सफल भएका छन् ।थुनिएको चार घन्टामा सुरुङभित्र अक्सिजन कम हुन थालेपछि चुनौती मोलेर २ बजेपछि बाहिर निस्किएको उनीहरूले बताएका छन् । सुरक्षाकर्मीको योजना भने बिहान ६ बजे उद्धार गर्ने थियो ।

साँझ खाना खाएर साथीहरू सबै टनेलमा छिर्‍यौँ । काम सुरु गरिसकेका थियौँ । बाहिर अँध्यारो भइसकेको थियो । एक्कासि ठूलो आवाज आयो, ब्लास्ट गरेजस्तो । बत्ती झ्याप्पै गयो । सुरुङभित्र पूरै अन्धकार भयो । यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार अनु आचार्यले लेखेका हुन्।

बाहिर पहिरो गइरहेको सजिलै थाहा हुन्थ्यो । धेरै डर लाग्यो । परिवारको मुख हेर्न नपाई मरिन्छ कि भन्ने पनि लाग्यो । सबै एकै ठाउँमा जम्मा भएर बस्यौँ ।पालैपालो मोबाइलको लाइट बालेर उज्यालो बनाएका थियौँ । थुनिएको केही घन्टासम्म बाहिर प्रहरीसँग रेडियो सेटमार्फत कुरा भएको थियो । उहाँहरूले सचेत भएर बस्नु, भोलि बिहान उद्धार हुन्छ भन्नुभएको थियो ।

तर, साढे १ बजेतिर अक्सिजन अभाव भएको महसुस भयो । श्वास फेर्न गाह्रो हुन थाल्यो । त्यसपछि हामी नेपालीले अब बाहिर निस्किनुपर्छ भन्ने योजना बनायौँ । चिनियाँसँग कुरा राख्यौँ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एक दिनमा १० लाख रुपैयाँभन्दा धेरै कारोबार गर्नेलाई सरकरले निगरानीम राख्ने

पहिलोपटक बिजुली बल्यो