यि विशाल मनका धनी बुबा, जसले झाडीमा फालिएका १३ बच्चालाई दिए पुर्नजीवन

४६ वर्षीय सन्त सत्यनारायण आलोक अविवाहित छन्। तर, उनी १३ सन्तानका ‘बुवा’ हुन्।भन्छन्, ‘हाम्रा ११ छोरी छन्, दुई छोरा छन्। कसैलाई नालीमा भेट्टाएँ त कसैलाई झाडीबाट उठाएँ। यो मेरो ठूलो सम्पत्ति हो।’लिएका बच्चाको उद्धार गरी उनले एक दशकदेखि पालनपोषण गर्दै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा जनकपुरबाट राजकरण महतोले लेखेका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ ज्ञानकुपमा उनको अनाथ आ श्रम सञ्चालनमा छ। आ श्रम चलाउन कठिन छ। मनकारीले आफ्नो विवाहोत्सव, जन्मोत्सवमा केही सहयोग गर्छन्।सरकारी निकायबाट सहयोग नपाएको उनको गुनासो छ। ‘सरकारले गर्नुपर्ने काम मैले गरिरहेको छु’, उनी भन्छन्, ‘सरकार भनेको त सहाराविहीनहरूको हो नि। तर, यहाँ त्यस्तो देखिएको छैन।’

थाकेर आएका बेला बच्चाहरूले बाबा भनेर बोलाउँदा उनलाई आनन्द महसुस हुन्छ। भन्छन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो खुसी यही हो।’ बच्चा जन्माएर फाल्नेहरूप्रति उनको चित्त दुखाइ छ।यस्ता घटना बढेकामा उनी चिन्तित छन्। समाज मानवताविहीन बन्दै गएको उनको ठम्याइ छ। अवैध सम्बन्ध लुकाउन र धेरै छोरी जन्मिएपछि बालिका फाल्ने गरेको उनको बुझाइ छ।

१९ बच्चाको उद्धार
उनले यो अवधिमा १९ बच्चाको उद्धार गरे। एक बच्चा निःसन्तान दम्पतीलाई दिए। घाइते र बिरामी पाँच बालबालिकालाई उनले बचाउन सकेनन्। ‘फोहोरमा फालेको बच्चा उठाएर अस्पताल लगी भर्ना गरें’, उनी भन्छन्, ‘कति त्यही मरे। कति आश्रममा ल्याउँदा बिते।’

यस्तो घटनाले उनको मन भतभती पोल्छ। ‘तर, निर्दयीहरू आफ्नै बच्चा फाल्छन्। उनीहरूको मन किन रोएन ?’, उनी प्रश्न गर्छन्, ‘आ श्रममा बेवारिस बच्चा नआइदेओस् भन्ने कामना गर्छु।’साउन २०६७ को राति ११ बज्दै थियो। आलोकको मोबाइलको घण्टी बज्यो। फोनमा कसैले भन्यो, ‘जनकपुरको रंगभूमि मैदानमा बच्चा जन्माएर फालिएको छ, आउनुस् लिन।’

उनी साइकल चढेर त्यहाँ पुगे। सालनालसहित फालिएको शिशु काखमा च्यापेर उनी जनकपुर अञ्चल अस्पताल पुगे। बच्चाको उपचारपछि उनी घरतिर लागे। छठियारपश्चात् दोस्रो सन्तानका रूपमा बालिकाको नाम साधना आलोक राखियो। उनी नौ वर्षकी भइन्। कक्षा २ मा पढ्दै छिन्।‘जब मलाई बेवारिस बच्चा उद्धारका लागि फोन आउन थाल्यो तब लाग्यो कि ठूलो समाजसेवा भनेको मानव सेवा हो’, उनी भन्छन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Students from the Confucius Institute in Cameroon pose for photos

११ वर्षमा बच्चा जन्माएकी भावनाले सुनाईन् नयाँ स्कुलको अचम्मको अनुभव