सिंगापुरमा मिलन चाम्स निर्देशित “बीर विक्रम २” को ग्रयाण्ड प्रिमिएर, पल शाह पुग्दा यस्तो स्वागत

गत जेठ ३ गते देखि नेपालभर रिलिज भएको चलचित्र “बीर विक्रम २” ले नेपालमा अधिकांश दर्शकको मन जित्यो । मिलन चाम्सद्वारा निर्देशित चलचित्रले ब्यापारिक हिसाबमा पनि राम्रो सफलता हासिल गर्यो । यस्तै यो चलचित्र अब नेपाल बाहिर विभिन्न देशमा प्रदर्शन हुने क्रममा छ । यहि अनुरुप चलचित्र बीर विक्रम २” आज र भोलि सिंगापुरमा प्रदर्शन हुदैछ ।

चलचित्रको ग्रयाण्ड प्रिमिएरको लागि चलचित्रको नायक पल शाह हिजो नै सिंगापुर पुगिसकेका छन् । आज निकै भब्य तरिकाले चलचित्रको प्रिमिएर गरिने सिंगापुरको आयोजक टिमले जानकारी दिएको छ । नेपालमा राम्रो सफलता हासिल गरे संगै विदेशमा यस चलचित्रको राम्रो माग रहेको छ । यसकारण पनि विदेशमा यस चलचित्रले धेरैको मन जित्न सक्ने अनुमान छ ।

सिंगापुरको लागि टिकट सबै बिक्रि भईसकेको र दर्शकको माग अनुसार नै आज र भोलि २ दिन शो गर्न लागेको आयोजक टिमको भनाई रहेको छ । मिलन चाम्सको निर्देशन र निर्माण रहेको चलचित्रमा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेत्रविक्रम चन्द विप्लवका कोसी ब्युरो सदस्य बाबुराम पक्राउ

सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई बन्दैछन् ललितपुरमा १४ ब‌ंगला