नेत्रविक्रम चन्द विप्लवका कोसी ब्युरो सदस्य बाबुराम पक्राउ

संखुवासभा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो सदस्य खाँदबारीबाट पक्राउ परेका छन् ।
प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिककैबाट पाँचखपन नगरकालिका–६ का बाबुराम राई ‘विवश’ लाई पक्राउ गरेको हो ।

राईलाई बिहीबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।

राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय पार्टी प्रति असन्तुष्टी भएकाले निष्कृय भएर घर परिवारसँगै बस्दै आएको स्रोतको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

People take part in a demonstration in downtown Amman, Jordan

सिंगापुरमा मिलन चाम्स निर्देशित “बीर विक्रम २” को ग्रयाण्ड प्रिमिएर, पल शाह पुग्दा यस्तो स्वागत