चिलीले इक्वेडरलाई २–१ ले हराउदै शीर्ष स्थानमा उक्लियो

काठमाडौँ- चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।कोपा अमेरिका फुटबलमा समूह सीमा रहेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । जोसे पेड्रोले ८ औं मिनेटमा गोल गरेका थिए ।

सुरुदेखिनै अत्यन्तै रामे खेल खेलेको चिलीले २६ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।चिलीका खेलाडीले गल्ती गरेपछि पाएको पेनाल्टी मार्फत इक्वेडरका इरन रेमबर्टोले बराबरी गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा निर्णायक गोल चिलीले दोस्रो हाफमा गरेको थियो ।

५१ औं मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ ले अघि बढेको थियो । त्यो अग्रतालाई चिलीले अन्तिम समय सम्म जोगाउँदै लागतार दोस्रो जित हात पार्न सफल भएको हो ।इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो । उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

उपचाररत हुँदा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेन् , नभागुन भनेर अस्पतालको बेडमा पनि नेल  

स्वीकृति नलिई वित्तीय कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी