स्वीकृति नलिई वित्तीय कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । पछिल्लो समय स्वीकृति नलिएरै वित्तीय कारोबार गर्ने क्रम बढिरहेका बेला नेपाल राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको छ।

बैंकले विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। र, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन भनेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे÷गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चिलीले इक्वेडरलाई २–१ ले हराउदै शीर्ष स्थानमा उक्लियो

खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका ५४ घरपरिवारमा पानीसँगै खुशियाली