‘आगामी वर्ष सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याइने : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहसम्म ब्रोड ब्यान्ड इन्टरनेट सेवा पु¥याइने बताउनुभएको छ । आर्थिक वर्ष २०७६र७७ को विनियोजन विधेयकमा शुक्रबार मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री बाँस्कोटाले हालसम्म ३१८ स्थानीय तहमा ब्रोड ब्यान्ड नेटवर्क पुगिसकेको जानकारी दिनुभयो । उहाँले बाँकी स्थानीय तहमा आगामी वर्षभित्र सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चालू वर्षमा नै सबै स्थानीय तहमा सेवा पुर्‍याउने सरकारको लक्ष्यअनुसार काम भए वा नभएको विषयमा सांसदले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले इन्टरनेट जडानमा राउटर र मर्मत शुल्कमा छुट दिने निर्णय भएको पनि बताउनुभयो ।

“३१८ स्थानीय तहसम्म ब्रोड ब्यान्ड नेटवर्क पुगिसकेको छ । अर्को वर्षसम्म सबै स्थानीय तहमा ब्रोड ब्यान्ड कनेक्टिभिटीको काम सकिन्छ”, जवाफका क्रममा मन्त्री बाँस्कोटाले भन्नुभयो, “अप्टिकल फाइबरको काम तीव्र रूपमा अघि बढिरहेको छ ।

स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङको प्रक्रिया सुरु भएको छ । ” हुलाकको मौजुदा घाटा कम गरी आधुनिकीकरणका लागि हुलाक प्राधिकरण गठनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । विज्ञापन नियमन विधेयकमार्फत चुनावको समयमा मिडियाले राजनीतिक दलको प्रचार गर्न नमिल्ने लगायतका विषयलाई समेटेको पनि मन्त्री बाँस्कोटाले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

स्थानीय तह, विद्यालय र क्याम्पसमा कानून पढाउँदै कर्णाली सरकार

उपचाररत हुँदा पनि प्रहरीले चौधरीमाथि दमन गर्न छाडेन् , नभागुन भनेर अस्पतालको बेडमा पनि नेल