कुमार पौडेल घटनाबारे शुरु गर्यो मानवअधिकार आयोगले अनुसन्धान

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ।
आयोग प्रवक्ता वेदप्रसाद भट्टराईले उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय र प्रदेश नं २ कार्यालयबाट शुक्रबार नै घटनास्थलमा टोली खटाइएको विज्ञप्तिमार्फत जनाएका छन्।

विज्ञप्तिअनुसार केन्द्र र प्रदेशको संयुक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

घटनामा प्रहरीको गल्ती भेटिए कारबाहीको सिफारिस गरिनेसमेत आयोग स्रोतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Gold Cup Soccer El Salvador Jamaica

लण्डनमा घुम्न गएकी करिना छोरा तैमुरलाई लण्डनमा छाडेर अचानक किन मुम्बई फर्किइन ?