प्रदेशलाई डिजिटल प्रदेश बनाउने काम भइरहेको छ :शेरधन राई

प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले शहर बजारसहित ग्रामीण भेगका सबै नागरिकलाई सूचना र प्रविधिसँग जोडेर सवल र सक्षम नागरिक बनाउनुपर्ने बताउनुभएको छ । धनकुटामा फाइबर सेवाको आज उद्घाटन गर्नुहुँदै उहाँले सूचना र प्रविधिलाई शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रसँग जोडेर नागरिकलाई सवल तथा सक्षमका साथै सुशासनको अनुभूति गराउनुपर्ने बताउनुभयो ।

मुलुकको परिवर्तनसँगै देशमा सञ्चार र प्रविधि क्षेत्रमा निकै प्रगति भएको उल्लेख गर्दै उहाँले थप विकास गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेशलाई डिजिटल प्रदेश बनाउने उद्देश्यका साथ काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री राईले डिजिटल डेस्क स्थापना गरेर सबै स्थानीय तहसँग जोडिने तयारीका साथ काम भइरहेको बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

State-5 government ready to move ahead collaborating with private sector

प्रदेश ३ को स्थायी राजधानी र नामको टुङ्गो चाँडै लाग्ने