म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु

तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले सरकारले सञ्चालन गरेको अभियान सकारात्मक रहेको बताउनुभयो ।

बेरोजगार युवायुवतीलाई रोजगार दिने उद्देश्यसहित शुरु भएको कार्यक्रमले आफ्नै ठाउँमा बसेर काम गर्ने अवसर सिर्जना भएको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमै बसेर देश विकासका लागि काम गर्ने अवसर सिर्जना भएको छ, यसको भरपुर सदुपयोग गर्नुपर्छ ।”

उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीलगायतले राज्यको अभियान सकारात्मक रहेको बताउनुभयो ।कार्यक्रममार्फत् गाउँपालिका–७ का नौ जनालाई बाटो मर्मतमा खटाइएको रोजगार सेवा केन्द्र प्रमुख पविन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जनजागृती मोटरमार्ग मर्मतका लागि खटिएकालाई आवश्यक सामग्री प्रदान गरिएको छ । शाहीले भन्नुभयो,“घरआँगनमै रोजगार पाएपछि कार्यक्रममा सहभागी खुशी छन् ।”

कार्यक्रम अन्तर्गत गाउँपालिकाका सात वटै वडामा विभिन्न आयोजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा बाटो मर्मत, पार्क निर्माण, पुर्नभरण पोखरी मर्मतलगायत छन् । अन्य वडामा एक हप्ताभित्र रोजगार कार्यक्रम शुरु गरिने शाहीले जानकारी दिनुभयो । गाउँपालिकालाई चालु आर्थिक वर्षमा रोजगार कार्यक्रमका लागि रु १३ लाख बजेट प्राप्त भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका, देवघाट, बन्दीपुर, आँबुखैरेनी र रिसिङ गाउँपालिकामा यसअघि नै कार्यक्रम शुरु भइसकेको छ । ती स्थानीय तहमा १५२ जनाले रोजगारी पाएका छन् । शुक्लागण्डकीमा २१, बन्दीपुरमा ४१, देवघाटमा ६१, आँबुखैरेनीमा १६ र रिसिङमा १३ जनाले रोजगार पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् जिल्लामा नाला, सिँढी, सामुदायिक भवन निर्माण, बाटो मर्मत, ट्याङ्की निर्माणलगायतका काममा बेरोजगार युवायुवतीलाई खटाइएको छ । जिल्लाका अन्य स्थानीय तहमा भने केही दिनभित्रै कार्यक्रम शुरु गर्ने तयारी छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

घुस लिएको अभियोग लागेका सबइन्जिनियर भण्डारीविरुद्ध अदालतमा मुद्दा दायर

पत्रकार ऋषि धमलले आजकाल श्रीमतीलाई महिनामा जम्मा ४ दिन समय दिन्छन:छोराछोरीले चिन्दैन्न बाबा (हेर्नुहोस)