नेल लगाएर वीर अस्पतालको बेडमा उपचार गराइरहेका रेशम चौधरीको तस्विर सामाजिक संजालमा भाइरल

काठमाडौं – निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरेको थियो ।रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको अस्पतालका निर्देशक डा।केदार सेन्चुरीले बताएका छन् । सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्।

सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो। ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका छन् । चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

कृषकलाई राहतस्वरुप साढे चार करोड क्षतिपूर्ति दिइने

आर्थिक विधेयक बहुमतले पारित