एजेन्सी-बलिउडका चर्चित महानायक अमिताभ बच्चन यतिबेला फिल्म ‘गुलाबो सिताबो’मा निकै व्यस्त रहेका छन् । सुजित सरकारको निर्देशनमा बनेको यो चलचित्रमा बच्चन अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । अहिले फिल्म ‘गुलाबो सिताबो’को धमाधम छायांकन भइरहेको छ ।
सुटिग स्थलबाटनै अमिताभको पहिलो लुक्स सार्वजनिक भएको छ । उनको यो लुक्स अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ उक्त लुक्सलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।स्बिरमा उनी लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको अवस्थामा देखिएका छन् ।
उनको त्यो अहिलै सम्मकै फरक लुक्स रहेको छ । झट्ट हेर्दा उनलाई चिन्नै गाह्रो पर्छ । यस फिल्म ‘गुलाबो सिताबो’मा अमिताभ बच्चनसँगै आयुष्मान खुरानाले पनि अभिनय गरेका छन् ।
Comments
0 comments