काङ्ग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गर्नुभएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काङ्ग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले राससलाई बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एनआरएनए स्कटल्याण्डद्वारा रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताललाई सहयोग

अब एक घर एक धारा र एक घर एक शौचालय अवधारणा ल्याइन्छ