डोटीको- सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोविन्द बलायर रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार सेती नदीमा नुहाउन गएका वर्ष ७ का गोविन्द बलायरको बगेर मृत्यु भएको हो ।
स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने ७ वर्षिय बालको स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए ।
नुहाउने क्रममा बगेका गोविन्द करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Comments
0 comments