डोटीको सेती नदीमा नुहाउन गएका बालकको बगेर मृत्यु

डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का गोविन्द बलायरको मृत्यु भएको हो ।

स्थानीय सेवा एकेडेमी बोर्डिङमा यूकेजीमा पढ्ने निज बालक आज दिउँसो स्कुल छुट्टी भएपछि सेती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा एकाएक बगेका बालक बलायर करीब ३० मिटर तल नदी छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भारतिय साथीको हत्याको आरोपमा २२ बर्षे नेपाली केटो ३० महिनादेखि कतारको जेलमा । देश फर्काउन ८२ लाख व्लड मनी मागियो (भिडियो हेर्नुस)

स्कुल छुट्टी भए लगत्तै सेती नदीमा नुहाउन गएका ७ वर्षिय बालकको बगेर ज्यान गयो