भारतिय साथीको हत्याको आरोपमा २२ बर्षे नेपाली केटो ३० महिनादेखि कतारको जेलमा । देश फर्काउन ८२ लाख व्लड मनी मागियो (भिडियो हेर्नुस)

काठमाडौं- ५ महिनामा व्लड मनी ८२ लाख नेपाली रुपैंया नबुझाए २२ बर्षे छोरालाई फाँसीको सजाय हुनसक्छ भन्दै आमा रोईन् । भारतियलाई मारेको आरोप ! बिनोद रानाभाटलाई नेपाल फर्काउन सबै नेपाली र नेपाली भाषीले लाखौं शेयर गरौं)

कतारको जेलमा ३० महिनादेखि जीवन बिताईरहेका बिनोद रानाभाटको दर्दनाक भिडियो हेर्न यो लिँक थिच्नुहोस- https://www.youtube.com/watch?v=zoHtpCSylvY&t=417s

भरतपुर महानगरपालिका वडा नं १५ का ढाका मोहन रानाभाटको घरमा यतिबेला ठुलो बज्रापात परेको छ । यो गरिब परिवार माथि आकाश खसेको छ । ३ बर्ष अगाडि आमा तपाईलाई सुख दिन्छु, बुवा अब हामी सधैं गरिबीमा बाच्नु पर्दैन, हाम्रा पनि खुशीका दिन आउंछ भनेर कतार गएको २२ बर्षको छोरा बिनोद रानाभाट यतिबेला कतारको जेलमा छन् ।

हामी नेपाली बिवधि समस्याले बिदेश जान्छौं । बिदेशमा गएर पनि अरुलाई सहयोग गर्न खोज्दा नमज्जाले फस्छौं । त्यस्तै भयो, बिनोद रानाभाटलाई पनि । उनको बुवा आमाको भनाई अनुसार जनरल क्लिनरमा काम गर्न कतार गएको केहि महिनामै एक भारतिय साथीलाई हस्पिटल लैजान लाग्दा उनी नै हत्याको आरोपमा जेल परे ।

दर्शकबृन्द, बिनोद रानाभाटको परिवारको यो कारुणिक भिडियोलाई सबैले शेयर गर्नुहोला । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, इमो जहां जहां शेयर गर्नमिल्छ सबैतिर सेयर गरौं । आफ्नो देश, आमा र परिवार सम्झेर आंशु पिईरहेका बिनोदलाई नेपाल झिकाउन मृतक भारतियको परिवारले २ लाख६० हजार कतारी रियाल व्लड मनी मागेको छ । अर्थात नेपाली रकम ८२ लाख भएमात्र मोहनलाई देश फिर्ता गर्न सकिन्छ । तोकिएको समयमा व्लड मनी नबुझाए छोरालाई मृत्युदण्डको सजायसम्म हुनसक्ने परिवारले रुदै बताए ।
सहयोगका लागि

ढाका मोहन रानाभाट ९८११८३८००८ (बिनोदको बुवा)
शिशिर भण्डारी – ९८११००६९२९

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

शिल्भा र रेनीलाई मिष्टर एण्ड मिस एसईईको ताज

डोटीको सेती नदीमा नुहाउन गएका बालकको बगेर मृत्यु