आफ्ना जिल्ला इन्चार्ज मरिएपछि आक्रोशित बन्दै विप्लवद्धारा आन्दोलनका कार्यक्रम घोषणा, १० गते नेपाल बन्द

काठमाडौँ । बिहिबार प्रहरीबाट आफ्ना जिल्ला इन्चार्ज मारिएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आक्रोशित बन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार मुत्यु भएसँगै विप्लवले एक विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको हो ।

विप्लवद्धारा सार्वजनिक गरिएको विज्ञप्तिमा असार ७ गतेदेखि १० बजेसम्मका आन्दोलनका कार्यक्रमहरु उल्लेख गरिएको छ । जसअन्र्तगत ७ गते प्रचार प्रसार, ८ गते कोणसभा तथा घरदैलो , ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको कार्यक्रम तय गरिएको छ ।

विज्ञप्तिमा विप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध असार १० गते आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको को । विप्लवले आफ्ना नेता कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिनुभएको छ । निशस्त्र अवस्थामा रहेका आफ्ना जिल्ला इन्चार्ज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाउँदै विप्लवले प्रहरीले भिडन्त भनेर गरेको प्रचारको पनि खण्डन गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘लोकतन्त्र र स्वतन्त्र प्रेस प्रति अप्ठेरो पार्ने सरकारको कुनै नीति छैन्’

Minister Aryal says government conscious not to harm the Guthi spirit