बारा जिल्ला अदालतका खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिनुभयो ।

लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भन्नुभयो ।

पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिनुभयो । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दिगो विकासको लक्ष्य हासिलका लागि कुनै आधार तय गर्न नसकेको भन्दै बजेटको आलोचना गरे भट्टराई

माझि दाई पोखरा गीतका गायक मिलन लामाले ल्याए कल्ले चलायो,बजारमा आएको छोटो समयमै जताततै चर्चा