काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले हालै ल्याएको नयाँ बजेट परिवर्तीत अवस्थामा गुणात्मक हिसाबले विकास गर्ने गरि आउन नसकेको भन्दै बजेटको आलोचना गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा बजेट सकारात्मक जस्तो देखिए तापनि दिगो विकासको लक्ष्य हासिलका लागि बजेटले कुनै आधार तय गर्न नसकेको आरोप लगाए ।
बैठकको शुरुमै सभामुखसँग समय मागेर बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले वजेटले करलाई नै आयको मुख्य स्रोत मानेको र कम हुनु पर्ने चालु खर्र्च ६२ प्रतिशत पु¥याइएको तथा विकास खर्च सवै भन्दा बढी हुनु पर्नेमा २६ प्रतिशत मात्रै हुनुले राम्रो संकेत गर्न नसकेको समेत बताए ।
नव गठित समाजवादी पार्टीका नेता डा.भट्टराईले गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक र लोकसेवा आयोगको पछिल्लो विज्ञापन समय सापेक्ष नभएको तथा संविधानको मर्म विपरित केन्द्रीकृत मनोवृत्तीबाट आएको आरोप समेत लगाए । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले शुन्य तथा विशेष समयमा बोल्दै सभामुख मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
Comments
0 comments