ओली र मोदीबीच नेपालीमा संवाद, ओलीले ट्विट गर्दा मोदीले फर्काए नेपालीमै

काठमाडौँ । आज पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ । योग दिवसबारेनेपालमा पनि कार्यक्रम आयोजना गरियो कार्यक्रममा प्रधानमन्त्री ओली पत्नी राधिका सहित गएका थिए ।

यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा योग दिवसबारे शुभकामना दिए । उनले ट्विट गर्दे भनेका छन् विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमास्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।प्रधानमन्त्रीको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली भाषामै जवाफ फर्काउदै प्रधानमन्त्री ओलीलाई नेपाली भाषामा नै धन्यवाद ज्ञापन गरेका छन् ।

लेखेका छन्, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यी अभिनेताको शरीरमा देखियो यस्तो निसान , चिन्तित हुँदै फ्यानले सोधे कसरी भयो यस्तो

टिपर आतंक: सडकमा हिडिरहेका बलबहादुरलाई ठक्कर दिँदा गयो ज्यान