एजेन्सी-बलिउड चर्चित अभिनेता रणवीर सिंहलाई अहिले सम्मकै गम्भिर आरोप लागेको छ । उनलाई डब्लुडब्लुईका ब्रक लेस्नरका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन् । सिंहले ब्रक लेस्नरले प्रयोग गर्ने नाराको नक्कल गरेको भन्दै उनि माथि गम्भिर आरोप लगाएका हुन् ।
ब्रक लेस्नरले प्रयोग गर्ने नाराको नक्कल गरेको भन्दै पल हेमैनले सामाजिक संजाल मार्फत रणवीरलाई चोरीको आरोप लगाउदै उनि माथि मुद्दा समेत हाल्ने चेतावनी दिएका हुन्। सामाजिक संजाल फेसवसक मार्फत रणवीरले तस्विर शेयर गदै स्लिप, कन्क्वयेर, रिपिट” भन्ने नाराको कपि गर्दै रणवीरले ” इट, स्लिप, डोमिनेट, रिपिट” लेखेपछि हेमैनले उनलाई कडा चेतावनी दिएका हुन्।
शुरुमा रणवीरले भारतीय अलराउण्डर हार्दिक पाँड्यासँगको फोटो पोस्ट गर्दै ट्वीटरमा ” इट, स्लिप, डोमिनेट, रिपिट” लेखेका थिए। चोरी, कपिराइट र मुद्दा सहितको चेतावनी वास्तविक नभई पलले रमाइलोको लागि दिएको बताइएको छ । रणवीरले यो रमाइलो जवाफ भने फर्काएका छैनन् ।
Comments
0 comments